बैशाख ०४, २०८२, बिहीबार

एक महिने ह्योल्मो भाषा तथा लिपि प्रशिक्षण सकियाे


Advertisement Image
clock icon 2 months, 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाल ह्योल्मो समाज सेवा समिति पोखराको आयोजनामा एक महिने ह्योल्मो भाषा तथा लिपि प्रशिक्षण सकिएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको सहकार्यमा प्रशिक्षण सञ्चालन भएको हो ।

प्रशिक्षणमा कास्कीका विभिन्न स्थानमा बसोबास गर्दै आएका ३० जना ह्योल्मो समुदायका प्रशिक्षार्थी सहभागी थिए ।

प्रशिक्षण समापनमा प्रशिक्षण उद्योग तथा पर्यटन मन्त्रालय गण्डकीका सचिव कुमानसिंह गुरुङले नेपालमा प्रचलित विविध भाषा, कला, संस्कृति र परम्परा सम्पूर्ण नेपालीको अमूल्य साझा सम्पत्ति भएको उल्लेख गरे । यसको संरक्षणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको सचिव गुरुङले बताए ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले गण्डकी प्रदेश गीत, सङ्गीत, भाषा र संस्कृतिमा समृद्ध रहेको भन्दै यसको जगेर्नाका लागि प्रतिष्ठानले विभिन्न तालिम तथा प्रशिक्षण सञ्चालन गरिरहेको बताए ।

प्रशिक्षणमा सहभागी अरुणा ह्योल्मोले भाषा प्रशिक्षण कार्यक्रम आफू र आफ्नो समुदायका लागि अत्यन्त प्रभावकारी र उपलब्धिमूलक भएको बताए ।

नेपाल ह्योल्मो समाज सेवा समिति अध्यक्ष क्याप्टेन पूर्णबहादुर ह्योल्मोले आफ्नो समुदायका लागि भाषा कक्षा आवश्यक रहेको बताए ।

उनले पछिल्लो समय ह्योल्मो भाषा पनि समुदाय भित्रमात्र सीमित हुँदै गएको भन्दै यसलाई साझा भाषाका रूपमा विकास गर्न राज्यका निकायले समेत आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष सुबेदार तेजबहादुर ह्योल्मो र सचिव पूर्ण लामा ह्योल्मोले ह्योल्मो भाषा तथा लिपिका बारेमा चर्चा गरेका थिए ।

Copyright © 2024 | All rights reserved.