बैशाख ०४, २०८२, बिहीबार

नेपाली कांग्रेसको एक सय दिने विशेष अभियान जारी


Advertisement Image
clock icon 2 months, 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं २ मा नेपाली कांग्रेसको एक सय दिने विशेष अभियान जारी छ ।

अभियानअन्तर्गत अन्नपूर्ण गाउँपालिका वडा नं २ का अगुवा कार्यकर्तासँग पार्टीका विषयमा छलफल गरिएको जिल्लाबाट खटिएकी अभियानकी संयोजक नपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि मुना बास्तोलाले जानकारी दिइन् ।

उनले जनताका प्रत्यक्ष सरोकारसँग जोडिएर काम गर्न पार्टीका नेता तथा जनप्रतिनिधिलाई आग्रह गरिन् ।

कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले विवकेशील नेता र सचेत कार्यकर्ता भएको पार्टीले जनभावनालाई सम्बोधन गर्न सक्ने बताए ।

नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिका अध्यक्ष मनपति भण्डारीले पार्टीका अन्तरविरोध चिरेर अघि बढ्न सकेमा नेपाली कांग्रेस सधैँ पहिलो पार्टीको रुपमा स्थापित हुने बताए ।

अभियानका सदस्य तथा नेपाली कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि चतुराखर अधिकारीले स्थानीय स्तरबाटै पार्टीलाई मजबुद बनाएर लैजानुपर्ने अहिलेको आवश्यकता भएको बताए ।

कांग्रेस क्षेत्र नं. ३ प्रदेश (क) का सचिव प्रकाशचन्द्र सापकोटाले पार्टीले गरेका कार्यक्रमलाई जनस्तरसम्म प्रचारप्रसार गर्न जरुरी रहेको बताए ।

कार्यक्रममा पार्टीका क्षेत्रीय सदस्य, प्रदेश सदस्य क्षेत्रीय सदस्य जनप्रतिनिधि सहभागी थिए ।

नेपाली कांग्रेस अन्नपूर्ण-२ का सभापति पिताम्बर भण्डारीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव महेश्वर भण्डारीले गरेका थिए ।

Copyright © 2024 | All rights reserved.