बैशाख ०४, २०८२, बिहीबार

टिपरको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते


Advertisement Image
clock icon 2 months, 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

म्याग्दी । म्याग्दीमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा मंगला गाउँपालिका वडा नं ३ बरङजाका ४६ वर्षीय थमबहादुर रोका छन् ।

शनिबार साँझ बेनी नगरपालिका वडा नं ६ डम्मरामा ग१ ५७३५ टिपरले ध७प ४००५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा रोका र बेनी नगरपालिका वडा नं ७ मंगलाघाटका ४५ वर्षीय प्रेम शाही गम्भीर घाइते भएका थिए ।

रोकाको मेडिकल कलेज पोखरामा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

घाइते शाहीको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए ।

टिपरका चालक बेनी नगरपालिका वडा नं ५ पुलाचौरका ३८ वर्षीय खिमे दर्जीलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।

Copyright © 2024 | All rights reserved.