बैशाख २३, २०८२, मंगलबार

टाइगर कप भलिबलमा आर्मीसँग एपीएफ पराजित


Advertisement Image
clock icon 3 months, 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पाँचौं टाइगर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ पराजित भएको छ । एपीएफ आइतबारको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबसँग सोझो सेटमा पराजित भएको हो ।

एपीएफमाथि आर्मीले ३-० को सहज जित निकालेको हो । आर्मीले पहिलो सेट २५-१८, दोस्रो सेट २५-२३ र तेस्रो सेट २५-१५ ले आफ्नो पक्षमा पारेको हो ।

यसअघिका दोस्रो खेलमा नेपाल पुलिस क्लबले गण्डकीलाई ३-२ सेटमा पराजित गरेको थियो भने पहिलो खेलमा भारतको सुनिल भलिबल क्लबले साविक विजेता टिपटप हेल्प नेपाललाई ३-१ को सेटमा पराजित गरेको थियो ।

यसैगरी आजै भएको पहिलो खेलमा महिलातर्फ आयोजक टोलीले त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो ।

टाइगर ग्रुप अफ पोखरा नेपालद्वारा आयोजित टाइगर कप १९ गतेसम्म चल्नेछ । प्रतियोगिताको पुरुषतर्फका खेल आइतबार हुनेछन् ।

प्रतियोगिता विजेताले पाँच लाख ८५ हजार पाँच सय ५५, उपविजेता दुई लाख ८५ हजार पाँच सय ५५ र तेस्रो हुनेले एक लाख ८५ हजार पाँच सय ५५ पाउनेछन् ।

सर्वोत्कृष्ट खेलाडीले २५ हजार सात सय ७७ तथा विधागत उत्कृष्टतर्फ उत्कृष्ट सर्भर १० हजार पाँच सय ५५, उत्कृष्ट सेटर, उत्कृष्ट लिब्रो, उत्कृष्ट स्पाइकर र उत्कृष्ट कोचले समान १० हजार पाँच सय ५५ पाउनेछन् ।

Copyright © 2024 | All rights reserved.