बैशाख ०४, २०८२, बिहीबार

पोखरा विश्वविद्यालय साहित्य समाजको प्रथम साहित्यिक महोत्सव


Advertisement Image
clock icon 2 months, 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा विश्वविद्यालय साहित्य समाजद्वारा आयोजित प्रथम साहित्यिक महोत्सव सम्पन्न भएको छ ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले महोत्सवको पूर्वसन्ध्यामा भएको कवितामा प्रतियोगितामा उत्कृष्ट हुन सफल तीन जनालाई नगद पुरस्कार प्रदान गरे । साथै उनीहरुले महोत्सवमा कविता वाचन गरेका थिए ।

यस्तै पहिलो सत्रमा विश्वविद्यालयकै विद्यार्थीले नृत्य, गीत एवं साहित्यिक प्रस्तुति राखेका थिए । दोस्रोसत्र “जीवन र साहित्य” नामक प्यानल छलफलमा वरिष्ठ साहित्यकार तीर्थ श्रेष्ठसँग भएको बताइन्छ ।

यस्तै तेस्रो सत्रमा गजलकार प्रदीप रोदनको गजलमा दर्शक तथा श्रोता रमेका थिए । उनका मार्मिक र घतलाग्दा गजल सामाजिक सञ्जालमा धेरै रुचाइएका छन् ।

उनको वाचनले उत्साहित भएका दर्शकमा लगातार पश्चातको “१० स्रष्टा, एक आँगन” सत्रले थप उत्साह भरेको थियो । सो सत्रमा कवि, गजलकार तथा मुक्तककार गरी पोखराका १० साहित्यिक व्यक्तित्वको प्रस्तुति थियो ।

यस्तै, पुस्तक प्रदर्शनी र विक्री स्टलमा पनि भीड लागेको थियो । साहित्यको रसस्वादन गरिरहेका दर्शकलाई साङ्गीतिक सत्रले नचाएको थियो ।

साहित्यिक महोत्सव-२०८१ पोख्रेली साहित्यिक जगतमै ऐतिहासिक बनेको दाबी गरिएको छ । निकेश गिरीको अध्यक्षता तथा रोशन तिमिल्सिनाको संयोजकत्वमा महोत्सव सम्पन्न भएको हो ।

Copyright © 2024 | All rights reserved.