बैशाख ०४, २०८२, बिहीबार

टाइगर कपमा नेपाल पुलिसकाे शानदार जीत


Advertisement Image
clock icon 2 months, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरामा जारी पाँचौं टाइगर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ नेपाल पुलिस क्लबले विजयी शुरुआत गरेको छ ।

पुलिसले आज भएको खेलमा भारतको सुनिल भलिबल क्लबलाई ३-१ को सेटमा पराजित गरेको हो ।

पुलिसले पहिलो सेट २५-१० र दोस्रो सेट २५-१४ ले आफ्नो पक्षमा पारेको थियो । ती दुई सेटमा भारतको सुनिल क्लबमाथि पुलिस हाबी बनेको थियो ।

तेस्रो सेटमा पुनरागमन गर्दै सुनिल क्लबले २५-२२ को जित दर्ता गर्यो । तर, प्रतिस्पर्धात्मक भएको चौथो सेटमा २५औ२२ ले जित हासिल गर्दै पुलिसले दोस्रो जित दर्ता ग¥यो । सुनिल क्लबले भने पहिलो हार चाखेको छ ।

आजै यसअघि भएका महिलातर्फको खेलमा नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल एपीएफ विजयी भएका थिए ।

पुलिसले ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्डलाई ३-१ र एपीएफले टिपटप न्यू डायमन्ड स्पोट्र्स क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो ।
आजै पुरुषतर्फ गण्डकी प्रदेश र एपीएफबिच प्रतिस्पर्धा हुनेछ ।

टाइगर ग्रुप अफ पोखरा नेपालद्वारा आयोजित टाइगर कप १९ गतेसम्म चल्नेछ । प्रतियोगिता विजेताले पाँच लाख ८५ हजार पाँच सय ५५, उपविजेता दुई लाख ८५ हजार पाँच सय ५५ र तेस्रो हुनेले एक लाख ८५ हजार पाँच सय ५५ पाउनेछन् ।

सर्वोत्कृष्ट खेलाडीले २५ हजार सात सय ७७ तथा विधागत उत्कृष्टतर्फ उत्कृष्ट सर्भर १० हजार पाँच सय ५५, उत्कृष्ट सेटर, उत्कृष्ट लिब्रो, उत्कृष्ट स्पाइकर र उत्कृष्ट कोचले समान १० हजार पाँच सय ५५ पाउनेछन् ।

Copyright © 2024 | All rights reserved.