बैशाख ०४, २०८२, बिहीबार

आज ६३औँ नेपाल नर्सिङ दिवस मनाइँदै


Advertisement Image
clock icon 2 months, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । आज ६३ औँ नेपाल नर्सिङ दिवस विभिन्न कार्यक्रम गरी स्वास्थ्यसँग सम्बन्धित संघसंगठनले मनाउँदै छन् ।

वि.सं २०१८ साल माघ १५ मा नेपाल नर्सिङ संघको स्थापना दिनलाई दिवसका रूपमा मनाउन थालिएको हो । नेपाल नर्सिङ काउन्सिलका अनुसार २०८० सम्ममा नेपालमा ७८ हजार नौ सय ४८ नर्स दर्ता छन् ।

यस्तै एक हजार पाँच सय सात जना स्पेशल नर्सहरु छन । आठ सय ४९ जना विदेशी नर्स नेपालमा कार्यरत छन् ।

यस्तै ६६ जना मिडवाइफ्री, ३७ हजार तीन सय ८३ जना एनमी पनि कार्यरत छन । तथ्यांकअनुसार २५ हजारभन्दा बढी नर्स विदेशिएका छन् ।

आज नेपाल नर्सिङ संघले पेशागत हक, अधिकार तथा सुरक्षाको ग्यारेन्टीका लागि विभिन्न कार्यक्रम गर्दैछ । शारीरिक तथा मानसिक रुपमा खटिएर बिरामीको सेवा गर्ने नर्स तथा नर्सिङ पेशालाई सम्मानित पेशाका रुपमा लिने गरिएको छ । तर नेपालमा नर्सि पेशा व्यावसायिक बन्न सकिरहेको छैन ।

साथै नर्सहरु न्यून बेतन तलबमा काम गरिरहेका छन् । नेपालमा वर्षेनी हजारौंको संख्यामा नर्स उत्पादन हुँदा यसको व्यवस्थापन हुन सकेको छैन ।

उत्पादन भएका नर्सको व्यवस्थापन हुन नसक्दा भोलेन्टियर (स्वयंसेवी)का रुपमा काम गर्न बाध्य छन् । जसले गर्दा उनीहरुको पेशागत सुरक्षा अझै प्रत्याभूत हुन सकेको छैन ।

नेपालमा नर्सिङ क्षेत्रमा श्रम शोषण भएको भन्दै नर्सहरुले गुनासो गर्दै आएका छन् । विशेषगरी निजी अस्पतालले नर्सलाई कम तलबमा काम लगाउने, समयमा पारिश्रमिक नदिनेलगायतका आरोप लाग्ने गरेको छ ।

Copyright © 2024 | All rights reserved.