0
प्रतिक्रिया
पोखरा । एनसेल पाँचौं टाइगर कप भलिबल प्रतियोगिताअन्तर्गत आज लिग चरणका चार खेल हुने भएको छ । प्रतियोगिताको चौथो दिन आज महिला र पुरुषतर्फ दुईदुई खेल हुनेछ ।
पहिलो खेल बिहान पौने ९ बजेबाट सुरु हुनेछ । पहिलो खेलमा महिलातर्फ नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
दोस्रो खेलमा महिलातर्फ टिपटप न्यू डायमण्ड स्पोर्टस् क्लब र आयोजक टाइगर ग्रुपबिच प्रतिस्पर्धा हुनेछ । उक्त खेल पौने ११ बजे सुरु हुनेछ ।
आजै हुने तेस्रो र चौथो खेल पुरुषतर्फको हुनेछ । पुरुषतर्फको पहिलो खेल गण्डकी प्रदेश र सशस्त्र प्रहरी बल एपीएफबीच पौने १ बजे सुरु हुनेछ ।
पुरुषतर्फको दोस्रो खेल नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन् । उक्त खेल दिउँसो पौने ३ बजे सुरु हुनेछ ।
हिजो भएको खेलमा महिलातर्फ एपीएफ जित निकाल्दा पुलिसले दोहोरो जित निकालेका थिए । टिपटप हेल्प नेपाल र गण्डकी प्रदेशबिचको खेल स्थगित भएको थियो । हेल्प नेपाल २-१ सेटले अघि हुँदा खराब प्रकाशका कारण खेल स्थगित गरिएको हो ।
महिलातर्फ एपीएफले टिपटप न्यू डायमन्ड स्पोट्र्स क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो ।
महिलातर्फ नै पुलिसले ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्डलाई ३-१ को सेटले हराएको थियो । पुरुषतर्फ पुलिसले भारतको सुनिल क्लबलाई ३-१ को सेटमा पराजित गरेको थियो ।
टाइगर ग्रुप अफ पोखरा नेपालद्वारा आयोजित टाइगर कप १९ गतेसम्म चल्नेछ । प्रतियोगिता विजेताले पाँच लाख ८५ हजार पाँच सय ५५, उपविजेता दुई लाख ८५ हजार पाँच सय ५५ र तेस्रो हुनेले एक लाख ८५ हजार पाँच सय ५५ पाउनेछन् ।
सर्वोत्कृष्ट खेलाडीले २५ हजार सात सय ७७ तथा विधागत उत्कृष्टतर्फ उत्कृष्ट सर्भर १० हजार पाँच सय ५५, उत्कृष्ट सेटर, उत्कृष्ट लिब्रो, उत्कृष्ट स्पाइकर र उत्कृष्ट कोचले समान १० हजार पाँच सय ५५ पाउनेछन् ।
Copyright © 2024 | All rights reserved.