0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिका वडा नं १९ स्थित गायत्री बहुद्देश्यीय सिकाई केन्द्र पोखराले वडा कार्यालयको सहयोगमा फोहर व्यवस्थापन सचेतनासहित कम्पोष्ट विन वितरण गरेको छ ।
कार्यक्रममा वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले आफ्नो वरपर रहेका फोहरजन्य सामग्रीको उचित व्यवस्थापन भएमात्र समाज स्वस्थ बन्ने बताए । उनले फोहर वर्गीकरणका विषयमा विद्यालय र संघसंस्थाले सचेतना जगाउन आवश्यक रहेको बताए ।
कार्यक्रममा सहभागीले समुदाय केन्द्रित तालिम र अभियान सञ्चालन गर्न केन्द्रलाई सुझाव दिएका छन् ।
कार्यक्रममा एलएन्जल विद्यालय व्यवस्थापन समिति अध्यक्ष मदनबहादुर केसी, विन्ध्येश्वरी माविका प्रधानाध्यापक श्रीराम आचार्य, केन्द्रका सल्लाहकार लेखनाथ लामिछाने, एमाले वडा कमिटी अध्यक्ष कोमलप्रसाद बास्तोला र नेपाली कांग्रेस वडासभापति विष्णुप्रसाद बास्तोलालगायतले फोहर व्यवस्थापन मुख्य चुनौती रहेको बताए ।
संस्थाका अध्यक्ष शोभामोहन पौडेलले फोहोर व्यवस्थापनमा विशेष जोड दिनुपर्ने स्पष्ट पार्दै वर्तमान समयको शिक्षण सिकाई व्यवहारिक हुनुपर्नेमा जोड दिए ।
संस्थाका कोषाध्यक्ष कृष्णप्रसाद गौतमले कम्पोष्ट विनको प्रयोग र फोहोर व्यवस्थापनबारे सहभागीलाई प्रशिक्षण दिएका थिए ।
साथै केन्द्रले वडाभित्रका १० वटा सामुदायिक तथा गुठीअन्तर्गतका विद्यालयमा कम्पोष्ट विन र डस्टबिन हस्तान्तरण गरेको संस्थाको परिचालिका पवित्रा शर्माले जानकारी दिइन् ।
सिकाई केन्द्रका अध्यक्ष शोभामोहन पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा परिचालिका शर्माले स्वागत र सञ्चालन उपाध्यक्ष वैकुण्ठ पौडेलले गरेका थिए । केन्द्रले शिक्षा, स्वास्थ्य र वातावरणका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
Copyright © 2024 | All rights reserved.