0
प्रतिक्रिया
पोखरा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव कायमै छ ।
जसको प्रभावले गण्डकी, कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज देशको तराईका धेरै भूभागमा बाक्लो हुस्सु/कुहिरो लागेको अवस्था छ ।
बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
Copyright © 2024 | All rights reserved.