0
प्रतिक्रिया
पोखरा । बलियो प्रतिद्वन्द्वी टिपटप न्यू डायमण्ड स्पोट्र्स क्लबलाई हराउँदै आयोजक टोली पाँचौं टाइगर कपको महिलातर्फ क्वालिफायरमा प्रवेश गरेको छ ।
आज भएको खेलमा आयोजक टोलीले न्यू डायमण्डलाई ३-० को सोझो सेटमा पराजित हो ।
योसँगै महिला टोलीतर्फ ‘जित्ने समूह’ बाट आयोजक टोली र सशस्त्र प्रहरी बल एपीएफ शीर्ष दुई स्थानमा रहँदै पहिलो क्वालिफायर खेल्ने टुंगो लागेको छ ।
पहिलो र दोस्रो स्थानको टुंगो भने लिगको अन्तिम खेलबाट लाग्नेछ ।
लिग चरणको एक खेल अगावै आयोजक टोलीले ३-३ अंक जोड्दै पहिलो क्वालिफायर खेल्ने टुंगो लागेको हो ।
उक्त समूहबाट दुवै खेलमा पराजित भएको न्यू डायमण्डले ‘हार्ने समूह’ बाट शीर्ष स्थानमा रहेको नेपाल पुलिस क्लबसँग एलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछ ।
आजै भएको पहिलो खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३-० को सेटले पराजित गरेको थियो ।
अहिले पुरुषतर्फको गण्डकी प्रदेश र सशस्त्र प्रहरी बल एपीएफबीच खेल जारी छ ।
आजै पुरुषतर्फ नै नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
टाइगर ग्रुप अफ पोखरा नेपालद्वारा आयोजित टाइगर कप १९ गतेसम्म चल्नेछ । प्रतियोगिता विजेताले पाँच लाख ८५ हजार पाँच सय ५५, उपविजेता दुई लाख ८५ हजार पाँच सय ५५ र तेस्रो हुनेले एक लाख ८५ हजार पाँच सय ५५ पाउनेछन् ।
सर्वोत्कृष्ट खेलाडीले २५ हजार सात सय ७७ तथा विधागत उत्कृष्टतर्फ उत्कृष्ट सर्भर १० हजार पाँच सय ५५, उत्कृष्ट सेटर, उत्कृष्ट लिब्रो, उत्कृष्ट स्पाइकर र उत्कृष्ट कोचले समान १० हजार पाँच सय ५५ पाउनेछन् ।
Copyright © 2024 | All rights reserved.