0
प्रतिक्रिया
पोखरा । लमजुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा एक युवकको घटनास्थलमै ज्यान गएको छ ।
मृत्यु हुनेमा नहुँको भानु नगरपालिका वडा नं ९ बाइसजाँगरका २७ वर्षीय किरण गुरुङ छन् ।
जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार जिल्लाको दोर्दी गाउँपालिका वडा नं ५ पाचोकक्षेत्रस्थित कैंची जंगलको कच्ची सडकमा ग१त ५२७६ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।
स्रोतका अनुसार चालक नभएको मौका छोपी काठ व्यापारीले ट्याक्टर लिएर जाँदा घुम्तीमा दुर्घटना भएको हो ।
मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको र दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © 2024 | All rights reserved.