बैशाख ०४, २०८२, बिहीबार

टाइगर कप : उपाधि दाबेदार नेपाल पुलिस पराजित


Advertisement Image
clock icon 2 months, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पाेखरामा जारी पाँचौं टाइगर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले उपाधि दाबेदार नेपाल पुलिस क्लबलाई पराजित गरेको छ ।

प्रतियोगिताअन्तर्गत मंगलबार भएको अन्तिम खेलमा आर्मीले पुलिसलाई ३-१ को सेटले पराजित गरेको हो ।

पहिलो सेटमा २५-१३ ले आफ्नो पक्षमा पारेको आर्मीले दोस्रो सेट २१-२५ ले पुलिसलाई सुम्पिएको थियो ।

तेस्रो सेट र चौथो सेटमा पुनरागमन गर्दै आर्मीले खेल आफ्नो पोल्टामा पार्‍यो । आर्मीले तेस्रो सेट २५-१५ र चौथो सेट २५-२२ ले जित हासिल गर्‍यो ।

अब आर्मीले बुधबार भारतको सुनिल भलिबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । यो समूहबाट शीर्ष दुईमा रहने टोलीले पहिलो क्वालिफायर खेल्नेछन् ।

तेस्रो स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछ ।

महिलातर्फ भने पहिलो क्वालिफायर खेल्ने टोलीको टुंगो लागेको छ । एक खेलअगावै आयोजक टोली र एपिएफले पहिलो क्वालिफायर खेल्ने टुंगो लागेको हो ।

पुलिस र न्यू डायमण्डले एलिमिनेटर खेल्नेछन् । पहिलो क्वालिफायरमा पराजित हुने टोली र एलिमिनेटरमा विजयी हुने टोलीले फाइलन प्रवेशका लागि दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछन् ।

टाइगर ग्रुप अफ पोखरा नेपालद्वारा आयोजित टाइगर कप १९ गतेसम्म चल्नेछ । प्रतियोगिता विजेताले पाँच लाख ८५ हजार पाँच सय ५५, उपविजेता दुई लाख ८५ हजार पाँच सय ५५ र तेस्रो हुनेले एक लाख ८५ हजार पाँच सय ५५ पाउनेछन् ।

सर्वोत्कृष्ट खेलाडीले २५ हजार सात सय ७७ तथा विधागत उत्कृष्टतर्फ उत्कृष्ट सर्भर १० हजार पाँच सय ५५, उत्कृष्ट सेटर, उत्कृष्ट लिब्रो, उत्कृष्ट स्पाइकर र उत्कृष्ट कोचले समान १० हजार पाँच सय ५५ पाउनेछन् ।

Copyright © 2024 | All rights reserved.