0
प्रतिक्रिया
पोखरा । नेपाली बजारमा आज बुधबार सुनको मूल्य ह्वात्तै बढेको छ । आज एकै दिन सुनको भाउ तोलामा एक हजार चार सय रुपैयाँ बढेको छ ।
मूल्य बढेसँगै आज छापालापा सुनको भाउ एक लाख ६० हजार छ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको भाउ मंगलबार तोलामा एक लाख ५९ हजार दुई सय रुपैयाँ कायम भएको थियो ।
पोखरा बजारमा आज सुन एक लाख ६१ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ ।
यसैगरी असली चाँदीको मूल्य पनि बढेको छ ।
मंगलबार तोलामा एक हजार आठ सय ३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज बुधबार बढेर तोलामा एक हजार आठ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
पोखरा बजारमा चाँदीको भाउ एक हजार आठ सय ८५ रुपैयाँ कायम भएको छ ।
Copyright © 2024 | All rights reserved.