बैशाख ०४, २०८२, बिहीबार

शहीद दिवसमा फूलवारी क्लबकाे रक्तदान


Advertisement Image
clock icon 2 months, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका वडा नं ११ स्थित फूलवारी क्लबले शहीद दिवसमा खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा ८८ युनिट रगत संकलन भएको क्लबले जनाएको छ ।

नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेश अध्यक्ष सूर्यप्रसाद ढकालले पहिलो रक्तदाता रामचन्द्र बास्तोलालाई ब्लडब्याग हस्तान्तरण गरी शुभारम्भ गरेका थिए ।

सो अवसरमा ढकालले रक्तदान जत्तिको पवित्र कार्य अन्य नहुने बताए । उनले रक्तदानको महत्व निकै रहेकाले यसलाई अभियानकै रुपमा अघि बढाउनुपर्नेमा जोड दिए ।

पोखरा-११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्यले फूलबारी क्लबले सामाजिक क्षेत्रमा निकै उल्लेखनीय काम गरेकोमा आफूलाई निकै खुशी लागेको बताए ।

क्लब अध्यक्ष मनोज बास्तोलाले क्लबमार्फत विगतमा पनि धेरै रचनात्मक काम गरिएको र भविष्यमा पनि निरन्तरता पाउने स्पष्ट पारे ।

अध्यक्ष बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष जनार्दन बास्तोलाले स्वागत र सचिव युवराज बास्तोला गान्धीले सञ्चालन गरेका थिए ।

Copyright © 2024 | All rights reserved.