बैशाख ०४, २०८२, बिहीबार

टाइगर कप : आज तीन खेल हुने


Advertisement Image
clock icon 2 months, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । एनसेल पाँचौं टाइगर कप र भलिबल प्रतियोगिताअन्तर्गत आज पुरुषतर्फ दुई र महिलातर्फ एक खेल हुने भएका छन् । आज यसअघि स्थगित भएका पुरुषतर्फ लिग चरणका दुई खेल र महिलातर्फ एलिमिनेटर खेल हुनेछ ।

पहिलो खेल महिलातर्फको खेल बिहान ९ बजेबाट सुरु हुनेछ । उक्त खेल नेपाल पुलिस क्लब र टिपटप न्यू डायमण्ड बीच हुनेछ ।

उक्त खेलको विजेता एपीएफ र आयोजक टोलीमध्ये पराजित हुने टोलीसँग फाइलन प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्नेछ । पराजित हुने टोली भने प्रतियोगिताबाट बाहिरिने छ ।

आजको दोस्रो र तेस्रो खेल पुरुषतर्फको हुनेछ । बिहान ११ बजे त्रिभुवन आर्मी क्लब र भारतको सुनिल भलिबल क्लबको बीबचको खेल सुरु हुने तालिका छ ।

उक्त खेल समय अभावका कारण बुधबार स्थगित भएको थियो । यो खेलको क्वालिफायर खेल्ने र एलिमिनेटर खेल्ने टोलीको टुंगो लगाउनेछ ।

जको तेस्रो खेल गण्डकी प्रदेश र टिपटप हेल्प नेपाल स्पोट्र्स क्लबबीच हुनेछ । उक्त खेल दिउँसो १ बजे सुरु हुनेछ । उक्त खेलको विजेताले एलिमिनेटर खेल्नेछ ।

दुवै खेल समय अभावका लागि पछि सरेसँगै प्रतियोगिता एक दिन लम्बिने भएको छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालद्वारा आयोजित टाइगर कप १९ गतेसम्म चल्नेछ ।

प्रतियोगिता विजेताले पाँच लाख ८५ हजार पाँच सय ५५, उपविजेता दुई लाख ८५ हजार पाँच सय ५५ र तेस्रो हुनेले एक लाख ८५ हजार पाँच सय ५५ पाउनेछन् ।

सर्वोत्कृष्ट खेलाडीले २५ हजार सात सय ७७ तथा विधागत उत्कृष्टतर्फ उत्कृष्ट सर्भर १० हजार पाँच सय ५५, उत्कृष्ट सेटर, उत्कृष्ट लिब्रो, उत्कृष्ट स्पाइकर र उत्कृष्ट कोचले समान १० हजार पाँच सय ५५ पाउनेछन् ।

Copyright © 2024 | All rights reserved.