बैशाख ०४, २०८२, बिहीबार

मुक्तककार हरिकृष्ण सिटौलाको मुक्तक संग्रह ‘जिन्दगीका पाइला’ लोकार्पण


Advertisement Image
clock icon 2 months, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । मुक्तककार हरिकृष्ण सिटौलाको पहिलो मुक्तक संग्रह ‘जिन्दगीका पाइला’ हालै लोकार्पण भएको छ ।

उक्त कृति संघीय सांसद सीता मिजार, पत्रकार ऋषि धमला, डा. काशीराज पाण्डे, विष्णुप्रसाद आचार्य, नेपाली कांग्रेस नेता वासुदेव तिमिल्सिनाद्वारा काठमाडौँमा लोकार्पण गरिएको छ ।

कार्यक्रममा सांसद मिजारले मुक्तक संग्रहबाट धेरै कुरा ग्रहण गर्न सकिने बताइन् ।

उनले मुक्तले राजनीतिको वेथितिमाथि पनि प्रहार गरेकोले राजनीतिलाई सही दिशामा अघि बढाउन यसले सघाउने दावी गरिन् ।

कृतिको समीक्षा गर्दै आग्रह साहित्यकार डा.नवीनबन्धु पहाडीले समाजलाई ऐना जस्तै बनाउन हरिकष्णको मुक्तक संग्रहले सहयोग पुग्ने दावी गरे ।

हरिकृष्णका रचनामार्फत् समाजमा सकारात्मक परवर्तन ल्याउन सहज हुने उनको विश्वास छ ।

अग्रज साहित्यकार, सञ्चारकर्मी एवं लेखक डा. नवराज लम्सालले साहित्यले जीवन र समाज बदल्न सहयोग पुग्ने बताए ।

श्रष्टा हरिकृष्णले जीवन भोगाई र देशको समग्र परिस्थितिलाई आफूले एकाकार गरेको बताए ।

कार्यक्रम श्रष्टा हरिकृष्णकी आमा रामकुमारी सिटौलाको अध्यक्षतामा भएको थियो ।

श्रष्टा हरिकृष्ण धादिङ त्रिपुरासुन्दरी गाउँपालिकाको कठेरी निवासी हुन् ।

लामो समय प्राध्यापन पेशामा सक्रिय उनी पछिल्लो समय जापानमा रहँदै आएका छन् ।

Copyright © 2024 | All rights reserved.