बैशाख ०४, २०८२, बिहीबार

सुमो दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु


Advertisement Image
clock icon 2 months, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । ओखलढुंगामा गएराति सुमो दुर्घटना आमाछोरासहित तीन जनाको घटनास्थलमै ज्यान गएको छ ।

मृत्यु हुनेमा खोटाङको केपिलासगढी गाउँपालिका वडा नं ३ बास्पानीकी ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पूजन गुरुङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाकी ४५ वर्षीया तारा गुरुङ छन् ।

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक विष्टका अनुसार खोटाङबाट काठमाडौँ आउँदै गरेको ना१ज ६४२१ नम्बरको सुमो ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका वडा नं ७ भडारेखोलामा दुर्घटना भएको हो ।

दुुर्घटना पश्चात् चालक सुनसरीका २२ वर्षीय अनिल पण्डित फरार रहेको र उनको खोजी भइरहेको डीएसपी विष्टले जानकारी दिए ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको डीएसपी विष्टले बताए ।

समाचार स्रोतका अनुसार बिरामी मायादेवीको उपचारका लागि खोटाङको दिक्तेलबाट काठमाडौँ आउँदै थिए ।

तारा मायादेवीका आफन्त हुन् । गाडी सडकबाट पल्टिएर दुइ सय मटर तल खोला किनारमा पुगेको छ ।

Copyright © 2024 | All rights reserved.