0
प्रतिक्रिया
पोखरा । पृथ्वीराजमार्गअन्तर्गत कास्कीको पोखरादेखि तनहुँको जामुनेसम्म २८दशमलव५२ किमी सडक कालोपत्र भएको छ । कास्कीमा १८दशमलव०८ किमी र तनहुँमा २०दशमलव८ किमी सडक कालोपत्र भइसकेको छ ।
यो खण्डमा अब १०दशमलव३६ किमी सडक कालोपत्र हुन बाँकी छ । जसमा तनहुँमा दुई दशमलव ५ किमी मात्रै कालोपत्र हुन बाँकी छ । कास्की खण्डमा धमाधम कालोपत्र भइरहेको आयोजनाका इन्जिनियर सौजन्य नेपालले जानकारी दिए ।
आगामी वर्षभित्र सबै काम सक्ने लक्ष्यका साथ काम भइरहेको उनले बताए । चार लेन दुवैतर्फ तनहुँमा १०दशमलव०८ र कास्कीमा ४दशमलव३९किमी र तनहुँमा दुई लेन (एकतर्फी) ७दशमलव९८ किमी र कास्कीमा ६दशमलव०७ किमी सडक कालोपत्र भएको इन्जिनियर नेपालले जानकारी दिए ।
तनहुँमा २दशमलव७४ किमी र कास्कीमा ७दशमलव६२ किमी गरी कुल १०दशमलव३६ किमि सडक कालोपत्र हुन बाँकी छ । चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले विसं २०७८ देखि उक्त खण्डको काम सुरु गरेको थियो ।
कास्की र तनहुँमा पर्ने पश्चिम खण्डको तीन वर्षे ठेक्का अवधि गत भदौमा सकिएपछि म्याद थपेर काम गरिरहेको हो । पश्चिमतर्फ तनहुँको थर्पु, तुरतुरे, कास्कीको तल्लो गगनगौँडालगायत खण्डमा कालोपत्र भइसकेको छ ।
तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको आधा सडक छ लेन र आधाजति चार लेनको बन्ने इन्जिनियर नेपालले जानकारी दिए ।
पोखराको वियजपुर खोला र सेती नदीमा पुल निर्माणको काम पनि सँगसँगै भइरहेको उनको भनाइ छ । सडक विस्तारसँगै पुल, कल्भर्ट, नालीलगायत पूर्वाधार निर्माणको काम द्रुत गतिमा भइरहेको छ । पश्चिमखण्डमा पर्ने १२ वटामध्ये नौ वटा सडक पुल निर्माणको अन्तिम चरणमा पुगेको छ ।
Copyright © 2024 | All rights reserved.