0
प्रतिक्रिया
पोखरा । टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबलाई हराउँदै गण्डकी प्रदेश पोखरामा जारी पाँचौं टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ एलिमिनेटरमा प्रवेश गरेको छ ।
आज भएको खेलमा हेल्प नेपाललाई ३-१ सेटले पराजित गर्दै गण्डकी एलिमिनेटरमा प्रवेश गरेको हो ।
पहिलो सेट २१-२५ ले गुमाएको गण्डकीले दोस्रो, तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै जित हासिल गर्यो । गण्डकीले दोस्रो सेट २५-२१, तेस्रो सेट २५-२२ र चौथो सेट २६-२४ ले आफ्नो पक्षमा पार्यो ।
यो जितसँगै गण्डकी ‘हार्ने समूह’बाट छ अंक प्राप्त गरेर शीर्ष स्थानमा रहँदै एलिमिनेटरमा प्रवेश गरेको छ । हेल्प नेपाल दुइ र एपीएफ एक अंक प्राप्त गर्दै प्रतियोगिताबाट बाहिरिएको छ ।
गण्डकीले अब शुक्रबार ‘जित्ने समूह’ बाट तेस्रो स्थानमा रहेको भारतको सुनिल भलिबल क्लबसँग एलिमिनेटर खेल्नेछ ।
यसअघि आजै खेलमा ‘जित्ने समूह’ मा भारतको सुनिल भलिबल क्लबलाई ३-२ को सेटमा पराजित गर्दै आर्मीले पहिलो क्वालिफायर खेल्ने पक्का गरेको थियो । पहिलो क्वालिफायरमा आर्मीले पुलिससँग खेल्नेछ ।
ज बिहान भएको पहिलो खेलमा महिलातर्फ नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै टिपटप न्यू डायमण्ड स्पोट्र्स क्लब दोस्रो क्वालिफायरमा प्रवेश गरेको थियो ।
न्यू डायमण्डले अब फाइनल प्रवेशका लागि सशस्त्र प्रहरी बल एपीएफ र आयोजक टाइगर ग्रुपबिचको खेलमा पराजित हुने टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।
टाइगर ग्रुप अफ पोखरा नेपालद्वारा आयोजित टाइगर कप १९ गतेसम्म चल्नेछ । प्रतियोगिता विजेताले पाँच लाख ८५ हजार पाँच सय ५५, उपविजेता दुई लाख ८५ हजार पाँच सय ५५ र तेस्रो हुनेले एक लाख ८५ हजार पाँच सय ५५ पाउनेछन् ।
सर्वोत्कृष्ट खेलाडीले २५ हजार सात सय ७७ तथा विधागत उत्कृष्टतर्फ उत्कृष्ट सर्भर १० हजार पाँच सय ५५, उत्कृष्ट सेटर, उत्कृष्ट लिब्रो, उत्कृष्ट स्पाइकर र उत्कृष्ट कोचले समान १० हजार पाँच सय ५५ पाउनेछन् ।
Copyright © 2024 | All rights reserved.