बैशाख ०४, २०८२, बिहीबार

अल्फा बोर्डिङ स्कुल ह्याण्डबल च्याम्पियन


Advertisement Image
clock icon 2 months, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका वडा नं ७ स्थित लिटिल स्टेप माध्यमिक विद्यालयद्वारा आयोजित १२औँ लिटिल स्टेप यू १२ (अप टु ग्रेड ५) ह्याण्डबल प्रतियोगिताको छात्रतर्फको उपाधि पोखरा १६ लामाचौरस्थित अल्फा बोर्डिङ स्कुल जितेको छ ।

पोखरा लिङ्कन इन्टरनेशनल कलेजको संयोजनमा भएको अन्तरविद्यालय स्तरीय प्रतियोगितामा छात्रतर्फ २१ र छात्रातर्फ १३ गरी ३४ स्कुल सहभागी थिए । 

प्रतियोगितामा छात्रातर्फको उपाधि हिमालयन बोर्डिङ स्कुलले जितेको छ । विजेता टिमले आठ हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रमाप्त गर्‍यो । 

प्रतियोगितामा छात्र तथा छात्रा दुवैमा आयोजक लिटिल स्टेप माध्यमिक विद्यालय द्वितीय भयो । उपविजेता टिमले सात हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो । 

यसैगरी तृतीय स्थान छात्रतर्फ माउण्ट अन्नपूर्ण र पोखरा एकेडेमी एवं छात्रातर्फ गण्डकी बोर्डिङ स्कुल र माउण्ट अन्नपूर्णले जित्यो । 

उनीहरु छ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र गरेको विद्यालयका संस्थापक अध्यक्ष शेरबहादुर गुरुङले जानकारी दिए ।

प्रतियोगिताको सर्वाधिक गोलकर्ता छात्रतर्फ अल्फा बोर्डिङ स्कुलका विश्वास केसी र छात्रातर्फ लिटिल स्टेप माध्यमिक विद्यालयकी एलिना गुरुङलाई नगदसहित पुरस्कृत गरिएको छ । 

फेयर प्लेमा छात्रतर्फ विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुल र छात्रातर्फ सिर्जना माविलाई नगदसहित पुरस्कृत गरियो । 

उत्कृष्ट खेलाडी पुरस्कार छात्रतर्फ अल्फा बोर्डिङका विपिन छन्त्याल र छात्रातर्फ हिमालय बोर्डिङ स्कुलकी सुनसुभ थापामगर तथा अत्यधिक स्कोरर अल्फा बोर्डिङ स्कुलका विश्वास केसीलाई नगदसहित पुरस्कृत गरिएको थियो । 

उत्कृष्ट गोल रक्षक पुरस्कार छात्रतर्फ लिटिल स्टेपका देवबहादुर मगर र छात्रातर्फ हिमालय बोर्डिङ स्कुलकी वर्षा सुनारलाई नगदसहित पुरस्कार प्रदान गरिएको थियो ।

Copyright © 2024 | All rights reserved.