0
प्रतिक्रिया
पोखरा । लमजुङमा जेसीबी पल्टिँदा बिहीबार साँझ एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दोर्दी गाउँपालिका-६ ताजेगाउँका ३९ वर्षीय उमरजंग घले छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका घलेको चितवन भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दोर्दी गाउँपालिका वडा नं ६ ताजेगाउँस्थित सडकमा बा२क ३२६७ नम्बरको जेसीबी पल्टिएको हो ।
जेसीबी चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © 2024 | All rights reserved.