0
प्रतिक्रिया
तनहुँ । तनहुँमा शुक्रबार बस दुर्घटना हुँदा एक युवतीको ज्यान गएको छ । मृत्यु हुनेमा चितवन भरतपुर महानगरपालिका श्रृष्टीचोककी २२ बर्षीया सुमिना सापकोटा छन् ।
दुर्घटनामा गम्भीर घाइते भएकी सापकोटाको आँबुखैरेनी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।
दुर्घटनामा पोखरा महानगरपालिका वडा नं ८ बस्ने २२ बर्षीया आयुषा पौडेलसहित १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
घाइते हुनेमा कैलाली जोशीपुर गाउँपालिका-२ की २३ वर्षीया लक्ष्मी बनादी, धनगढी बसबरीया-५ की २२ वर्षीया अन्जली शाही, तनहुँ म्याग्दे गाउँपालिका-७ का १९ वर्षीय किसिन बिक, व्यास-१२ का १९ वर्षीय सुनिल बिक, व्यासकी १३ वर्षीया आस्था काफ्ले, भानु-१० का ५० वर्षीय खेमराज लौडारी, १७ वर्षीय प्रशान्त लौडारी छन् । जसमा काफ्लेको अवस्था गम्भीर छ ।
यस्तै गोरखा सिरानचोक-४ का ५१ वर्षीया सुनिल ढकाल, ४२ वर्षीय रामशरण कुँवर, गोरखा शहीद लखन गाउँपालिका-२ भइ हाल बन्दीपुर-१ का ५९ वर्षीय उज्वल विक, लमजुङ बेशीशहर-३ का ४१ वर्षीय कृष्णबहादुर पाण्डे र आँबुखैरेनी-३ बीचबजार की ४२ वर्षीया दमन्तीमाया नेपाल पनि दुर्घटनामा घाइते भएका छन् ।
उनीहरुको आँबुखैरेनी अस्पताल र चितवन नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दमौलीबाट मुग्लिनतर्फ जाँदै गरेको बा५ख २९९९ नम्बरको बस आँबुखैरेनी गाउँपालिका वडा नं १ सत्रसयमा दुर्घटनामा परेको हो ।
बस चालक तनहुँ भानु नगरपालिका वडा नं ५ का ३५ वर्षीय रवीन्द्र घलेलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © 2024 | All rights reserved.