बैशाख ०४, २०८२, बिहीबार

पेट्रोलियम पदार्थको भाउ बढ्यो


Advertisement Image
clock icon 2 months, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

शुक्रबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको हो ।

शुक्रबार इण्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्य बढेर आएपछि नेपालमा पनि शनिबार बिहान १२ बजेदेखि लागू हुने गरी मूल्य बढाउने निर्णय गरेको जनाएको छ ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर दुई र डिजेल/मट्टितेलमा चार रुपैयाँ मूल्य बढेको छ ।

यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर छ र अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रतिलिटर ४३ डलरका दरले बढाइएको छ ।

यस्तै पोखरा र भैरहवाका लागि ब्रेक इभन पोइन्टमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ ।

यससँगै अब पेट्रोलको मूल्य पहिलो वर्गमा एक सय ६४दशमलव५०, दोस्रोमा एक सय ६६ र तेस्रोमा एक सय ६७ रुपैयाँ प्रतिलिटर भएको छ ।

यस्तै, डिजेल/मट्टितेलको मूल्य पहिलो वर्गमा एक सय ५७दशमलव५०, दोस्रोमा एक सय ५९ र तेस्रोमा एक सय ६० रुपैयाँ भएको छ ।

Copyright © 2024 | All rights reserved.