असार २५, २०८२, बुधबार

आज देशभरको मौसम कस्तो रहला ?


Advertisement Image
clock icon 5 months, 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसकाे प्रभावले आज कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । आज तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

दिउँसो कोशी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ भने राति कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएकाे छ।

बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Copyright © 2024 | All rights reserved.