0
प्रतिक्रिया
पोखरा । पर्यटन राजधानी पोखरामा ‘गण्डकी स्वजागरण उत्सव’ हुने भएको छ ।
जीवन विज्ञानको आयोजनामा हुने स्वजागरण उत्सव यही फाल्गुन १० गते पोखरा रङ्गशालामा हुने भएको हो ।
सोही क्रममा फाल्गुन ११ देखि १७ गतेसम्म विराट् चक्र विज्ञान समेत हुने भएको छ ।
योग र ध्यानको पद्धतिबाट स्वस्थ, सदाचार, नैतिकवान् र राष्ट्रिय भावनाले ओतप्रोत जनशक्ति निर्माण गर्दै शिक्षित र युवा जनशक्तिलाई स्वदेश मै आफ्नो भविष्य खोज्न प्रोत्साहन गर्ने उद्देश्यले गण्डकी स्वजागरण उत्सवका साथमा विराट् चक्र विज्ञान आयोजना गरिएको जीवन विज्ञानले जनाएको छ ।
पोखरामा आयोजना गरिएकाले ‘गण्डकी स्वजागरण उत्सव’ र विराट् चक्र विज्ञानले पोखराको पर्यटन, व्यापार र योग तथा ध्यानको प्रवर्द्धनमा महत्त्वपूर्ण सहयोग पुग्ने नगर प्रमुख धनराज आचार्यले विश्वास व्यक्त गरे।
उनले सन २०२५ लाई पोखरा भ्रमण वर्षको रूपमा मनाइरहेका बेला जीवन विज्ञानको आयोजनामा हजारौँ मानिसहरूको जमघट अर्थपूर्ण हुने नगर प्रमुख आचार्यले बताए ।
फाल्गुन १० गते बिहान ११ः३० बजेदेखि दिउँसो ४ बजेसम्म र ११ गते बिहान ७ः३० बजेदेखि साँझ ५ बजेसम्म गण्डकी स्वजागरण उत्सव र विराट् चक्र विज्ञान हुनेछ ।
Copyright © 2024 | All rights reserved.