0
प्रतिक्रिया
नवलपरासी । नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने चालक गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा रुपन्देहीको शुद्धोधन गाउँपालिका अमहवाका २८ वर्षीय कमल परियार छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका परियारको लुम्बिनी सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही दुर्घटनामा मोटरसाइकल चालक नुवाकोट लिखु-३ का २९ वर्षीय गोपाल लोहनी गम्भीर घाइते भएका छन् ।
उनको लुम्बिनी सिटी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
नवलपरासीको सरावल गाउँपालिका वडा नं १ सालबासस्थित पूर्व-पश्चिम राजमार्गमा प्रदेश नं. ३-०२-००६ प ९८३६ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।
मोटरसाइकल अनियन्त्रित भई सडकबीचको डिभाइडरमा ठोक्किएको प्रहरीले जनाएको छ ।
Copyright © 2024 | All rights reserved.