0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिका वडा नं २९ भण्डारीढिकस्थित होली माउण्ट अंग्रेजी माविमा निःशुल्क दन्त शिविर तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
रजत महोत्सवको पूर्वसन्ध्यामा भएको कार्यक्रममा एक हजार एक विद्यार्थी, अभिभावक तथा शिक्षकको दाँत परीक्षण गरिएको विद्यालयले जनाएको छ । कार्यक्रममा पोखरा न्यूरोडस्थित माता मनकामना डेन्टल केयरले प्राविधिक सहयोग गरेको थियो ।
माता मनकामनाका प्रवन्ध निर्देशक डिएच युवराज पौडेल ‘अर्जुन’, डा. आफ्री वुन, डिएच लालबहादुर थापा र असिस्टेन्ट प्रेमु गुरुङ दात परीक्षण गरेका थिए भने दाँत र मुख स्वास्थ्यसम्बन्धी प्रशिक्षण दिएका थिए ।
विद्यालयका संस्थापक प्राचार्य तोलाकान्त न्यौपानेका अनुसार सो अवसरमा २०८१ को खेलकुदअन्तर्गत पुरस्कार वितरण गरिएको थियो भने विद्यार्थीले विविध सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष सन्तोषकुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक प्राचार्य न्यौपानेले स्वागत तथा विद्यालयकी संस्थापक सहायक प्राचार्य अनिता तिमिल्सिना न्यौपाने र संयोजक जनक जमरकट्टेलले कार्यक्रम सञ्चालन गरेका थिए ।
विद्यालयको रजत महोत्सवमा आज विभिन्न कार्यक्रम हुनेछ । शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्य कार्यक्रममा सहभागी हुँदैछन् ।
विद्यालयले रजत महोत्सवको अवसरमा वृक्षरोपण, चित्रकला प्रतियोगिता, वृद्धाश्रम, अनाथालयमा सहयोग, स्वास्थ्य शिविर, सम्मान, पुरस्कार वितरण तथा विविध सास्कृति कार्यक्रम गरिसकेको छ ।
२०५६ सालमा स्थापित विद्यालयमा हाल पाँच सय विद्यार्थी अध्ययनरत छन् ।
Copyright © 2024 | All rights reserved.