0
प्रतिक्रिया
पोखरा । पोखरामा जारी पाचौँ पाँचौं टाइगर कप भलिबल प्रतियोगिताको उपाधिका लागि पुरुषतर्फ गण्डकी प्रदेश र नेपाल पुलिस क्लब भिड्ने भएको छ ।
आज भएको सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटले पराजित गर्दै गण्डकीले फाइनलमा प्रवेश गरेको हो । पहिलो सेट २५-१६ ले आफ्नो पक्षमा पारेको गण्डकीले दोस्रो सेट २२-२५ ले आर्मीलाई सुम्पिएको थियो ।
गण्डकीले तेस्रो सेट २५-१५ र चौथो सेट २५-१९ ले आर्मीलाई हराउँदै उपाधि नजिक पुगेको हो । फाइनल खेल आइतबार हुनेछ ।
गण्कडीसँग पराजित आर्मीले तेस्रो स्थान प्राप्त गरेको छ । आर्मीले एक लाख ८५ हजार पाँच सय ५५ रुपैयाँ नगद पुरस्कार पाउने छ ।
यता, महिलातर्फको उपाधिका लागि आयोजक र सशस्त्र प्रहरीको एपीएफ क्लब भिड्ने छन् ।
आजै भएको दोस्रो क्वालिफायरमा टिपटप न्यू डायमण्ड स्पोट्र्सलाई ३-१ को सेटले पराजित गर्दै आयोजक पुगेको थियो । फाइनल खेल आइतबार नै हुनेछ ।
प्रतियोगिता टाइगर ग्रुप अफ पोखरा नेपालले आयोजना गरेको हो । प्रतियोगिता विजेताले पाँच लाख ८५ हजार पाँच सय ५५, उपविजेता दुई लाख ८५ हजार पाँच सय ५५ र तेस्रो हुनेले एक लाख ८५ हजार पाँच सय ५५ पाउनेछन् ।
सर्वोत्कृष्ट खेलाडीले २५ हजार सात सय ७७ तथा विधागत उत्कृष्टतर्फ उत्कृष्ट सर्भर १० हजार पाँच सय ५५, उत्कृष्ट सेटर, उत्कृष्ट लिब्रो, उत्कृष्ट स्पाइकर र उत्कृष्ट कोचले समान १० हजार पाँच सय ५५ पाउनेछन् ।
Copyright © 2024 | All rights reserved.