बैशाख ०४, २०८२, बिहीबार

तनहुँमा ग्यास बुलेट दुर्घटना, चालकको मृत्यु


Advertisement Image
clock icon 2 months, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । मुग्लिन हुँदै पोखरा आउँदै गरेको ग्यास बुलेट शनिबार साँझ तनहुँमा दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।

मृत्यु हुनेमा भारतको बिहार मिर्जापुर पठाही पूर्वी चम्पारणका ३६ वर्षीय श्रीकान्त कुमार छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनको दमौली अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

एचआर ५५क्यु ४७११ भारतीय नम्बर प्लेटको ग्यास बुलेट तनहुँको व्यास नगरपालिका वडा नं १२ घाँसीकुवास्थित कल्चर भिलेज नजिकै पल्टिएको प्रहरीले जनाएको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।

Copyright © 2024 | All rights reserved.