0
प्रतिक्रिया
पोखरा । नेवाः मिसा पुच पोखरा-९ नयाँबजारको अध्यक्षमा कोपिला श्रेष्ठ निर्वाचित भएकी छन् ।
संस्थाको १३औं साधारणसभा तथा पाचौँ अधिवेशनले श्रेष्ठलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
समिति उपाध्यक्षमा मीना माकाजु, सचिवमा उषा शिल्पकार, सहसचिवमा अम्बिका मुल्मी, कोषाध्यक्षमा नीशा ताम्राकार छन् ।
यस्तै सदस्यमा लक्ष्मी मुल्मी, सुशिला कर्माचार्य, ईश्वरी श्रेष्ठ, पुनम गुरुङ श्रेष्ठ, जुना श्रेष्ठ ताम्राकार, बिष्णु माया रन्जित, सुशिला प्रधान, श्यामा श्रेष्ठ, पुजा बाटाजु र सुनी प्रधान छन् ।
यसअघि कार्यक्रम उद्घाटन गर्दै पोखरा-९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले आफू आशन र भाषण भन्दा पनि काम गर्न रुचाउने भएकोले संस्थाका लागि आवश्यक सहयोग गर्न तत्पर रहेको बताए ।
नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले नेवारी समुदाय नेपाली कला र संस्कृतिमा पहिलो भएकोले नेवारले आफ्नो संस्कार संस्कृति नै जोगाउन आग्रह गरे ।
कार्यक्रममा पोखरा-९ का वडासचिव कुलराज पौडेल, नेवाः मिसा पुच कास्कीका अध्यक्ष संगीता बज्राचार्य, सल्लाहकार शम्भुलाल श्रेष्ठ, ज्येष्ठ नागरिक सम्मानित व्यक्तित्व बेदकुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष नीरा श्रेष्ठलगायतले बोलेका थिए ।
साधारणसभाले सचिव मीना माकाजु र कोषाध्यक्ष नीशा ताम्राकारको प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो ।
संस्थाकी अध्यक्ष यमुना तझ्या श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष कोपिला श्रेष्ठ र सञ्चालन सचिव मीना माकाजुले गरेका थिए ।
Copyright © 2024 | All rights reserved.