जेठ २२, २०८२, बुधबार

कस्तो रहला आजको मौसम ?


Advertisement Image
clock icon 4 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव छैन ।

हाल देशका पहाडी तथा हिमाली भूभागको मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशलगायत कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

मधेश प्रदेश तथा कोशी प्रदेशका तराईका धेरै स्थानमा लाग्ने हुस्सु र कुहिरो मध्याह्नपछि क्रमिक रुपमा सुधार हुने र बाँकी तराईका केही स्थानहरूमा लाग्ने हुस्सु र कुहिरो मध्यान्न सम्ममा सुधार हुने सम्भावना छ ।

सोको प्रभावले मध्यान्न सम्मको समयमा तराई भूभागको दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Copyright © 2024 | All rights reserved.