बैशाख ०४, २०८२, बिहीबार

गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा


Advertisement Image
clock icon 2 months, 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । गण्डकी प्रदेशको स्थापना दिवसका अवसरमा आज सार्वजनिक बिदा दिइएको छ ।

साेमबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशभर सार्वजनिक बिदा निर्णय गरेको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलद्वारा जारी सूचनामा प्रदेशभित्रका सबै सहकारी कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक संस्थानमा बिदा हुनेछ ।

यसअघि प्रदेश सभा र प्रदेश सरकारको स्थापना दिवस अलग-अलग मनाइने गरेकामा यस पटकदेखि एकैदिन मनाइन लागिएको हो ।

२०७४ माघ २२ गते गण्डकीमा पहिलो संसद् बैठक बसेको भएकाले त्यसै दिनलाई प्रदेशसभाले आफ्नो स्थापना दिवसका रुपमा मनाउँदै आएको छ ।

२०७४ फागुन ४ गते संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शपथ लिएको दिनलाई प्रदेश स्थापना दिवसका रुपमा मनाइको थियो ।

Copyright © 2024 | All rights reserved.