0
प्रतिक्रिया
पोखरा । प्रेस चौतारी कास्कीको अध्यक्षमा मोतीसागर अधिकारी निर्वाचित भएका छन् । मंगलबार सम्पन्न नवौँ अधिवेशनले अधिकारीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
संस्थाको उपाध्यक्षमा गिरधारी पोखरेल र रोजी श्रेष्ठ, सचिवमा अनुप पौडेल, सहसचिवमा दीपक अधिकारी र सुरेश सुनार तथा कोषाध्यक्षमा सन्दीप खनाल छन् ।
यसैगरी कार्यसमिति सदस्यमा सञ्जय थापा, रचित पौडेल, आशिष पुरी, विनिता राना, मदनमणि तिमिल्सिना, काशीनाथ कुमाल र मनिषा लामिछाने छन् ।
यस्तै प्रदेश प्रतिनिधिमा राजु गिरी, बालकुमारी पौडेल ‘तारा’, अर्जुन गाह सुशान्त, रेजिना कटुवाल, शिशिर पौडेल र सुरेश रानाभाट छन् ।
यसैगरी केन्द्रीय प्रतिनिधिमा दीपेन्द्र श्रेष्ठ, हरि बास्तोला, ओम हमाल, पुण्य पौडेल, प्रकाश अधिकारी बिद्रोही, शान्ती गुरुङ छन् ।
Copyright © 2024 | All rights reserved.