0
प्रतिक्रिया
पोखरा । कविता गाउँ लुम्लेले स्थापना दिवस विविध कार्यक्रमका साथ मनाउने भएको छ ।
संस्थाका कार्यवाहक अध्यक्ष शन्तमाया गौचनको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
संस्थाले २०८१ चैत्र १५ गते कविता प्रतियोगितासहित विविध कार्यक्रमका साथ स्थापना दिवस मनाउने भएको हो ।
कास्की जिल्लाको लुम्लेलाई २०६५ चैत्र १५ गते विविध कार्यक्रमसहित विधिवगत कविता गाउँ घोषणा भएपछि कविता गाउँ लुम्लेले स्थापना दिवस मनाउँदै आएको छ ।
बैठकले कविता पार्क लुम्ले निर्माण प्रक्रियालाई अगाडि बढाउन गठित विभिन्न उपसमितिलाई क्रियाशीलताका साथ लाग्नका लागि बैठकले आग्रह गरेको छ ।
पार्क निर्माण अर्थ सङ्कलन समितिका संयोजक विश्वमोहन गौचनले अर्थ संकलन प्रक्रियालाई द्रुतरुपमा अगाडि बढाइएको जानकारी गराउँदै सबैलाई आ-आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न आग्रह गरे ।
बैठकपछि समिति, उपसमिति तथा वडा नं. ६ का वडाध्यक्ष एकदेव देवकोटाले पार्क निर्माण स्थलको अवलोकन गरी निर्माण प्रक्रियालाई अगाडि बढाउन वडा सक्रिय रुपमा अगाडि बढ्ने बताए ।
Copyright © 2024 | All rights reserved.