0
प्रतिक्रिया
पोखरा । बेलायती अधिराजकुमार एडिनब्राका ड्यूक एड्वर्ड र अधिराजकुमारी डचेस सोफी बिहीबार पोखरा आएका छन् ।
नेपाली सेनाको विमानमार्फत पोखरा आएका उनीहरूलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलगायतले स्वागत गरेक थिए ।
महानगर प्रमुख आचार्यले अधिराजकुमार र अधिराजकुमारीको पोखरा भ्रमणले द्विपक्षीय सम्बन्ध सुदृढ गर्नाका साथै पोखराको प्राकृतिक सौन्दर्य, संस्कृति र आतिथ्यलाई अन्तर्राष्ट्रिय रूपमा प्रवर्द्धन गर्ने विश्वास लिइएको बताए ।
पोखरा भ्रमणका क्रममा उनीहरुले पोखराका पर्यटकीय गन्तव्यको अवलोकन गर्ने र शुक्रबार पोखराको बगरस्थित ब्रिटिस क्याम्पमा हुने कार्यक्रममा सहभागी हुने बताइएको छ ।
बेलायती अधिराजकुमार दम्पतिले सन् २०२५ को पहिलो विदेश भ्रमण नेपालबाट शुरु गरेका हुन् । मंगलबार नेपाल आइपुगेका बेलायती अधिराजकुमार दम्पतिले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका थिए ।
उनीहरुको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध बलियो हुनुका साथै पर्यटन प्रवर्नमा पनि महत्वपवूर्ण आयाम थपिने विश्वास गरिएको छ ।
यसअघि २०७२ मा बेलायतका राजकुमार ह्यारी नेपाल भ्रमणमा आएका थिए । उनले पोखरा, बर्दिया र लमजुङको भ्रमण गरेका थिए ।
अहिले नेपाल भ्रमणमा आउन लागेका प्रिन्स एडवर्ड, बेलायतकी महारानी एलिजाबेथ द्वितीया र प्रिन्स फिलिपका कान्छो सन्तान हुन् ।
उनी अहिले बेलायतको राजगद्दीको उत्तराधिकारीमा १४ औं स्थानमा छन् ।
Copyright © 2024 | All rights reserved.