बैशाख २६, २०८२, शुक्रबार

पोखरामा दिगो सहरी यातायात व्यवस्थापनबारे छलफल


Advertisement Image
clock icon 3 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । दिगो सहरी यातायात व्यवस्थापनका लागि इमोविलिटी परियोजना सञ्चालन सम्बन्धमा एसियाली विकास बैङ्कका वरिष्ठ सार्वजनिक व्यवस्थापन विशेषज्ञ अरुण रामामूर्ति नेतृत्वको प्रतिनिधि मण्डलले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग छलफल गरेको छ ।

सो क्रममा पोखराको सार्वजनिक यातायात सुधारसँगै दिगो व्यवस्थापनका लागि विद्युतीय सवारीमा जोड, चार्जिङ स्टेसन निर्माण, सार्वजनिक यातायात सेवासम्बन्धी डिजिटल जानकारी, व्यवस्थित बस स्टपको पूर्वाधार तयार गर्नेलगायत विषयमा छलफल भएको छ ।

पोखरा नेपालको पर्यटन राजधानी घोषणा भएसँगै विकास साझेदारहरूले प्राथमिकताका साथ विभिन्न परियोजना सञ्चालनमा जोड दिइरहेका छन् ।

यसअघि नगर प्रमुख आचार्यले पनि आफ्नो मनिला भ्रमणका क्रममा एडीबीको मुख्यालय पुगेर पोखरामा इमोविलिटी परियोजना सञ्चालनका विषयमा छलफल गरेका थिए ।

एसियाली विकास बैङ्क र ग्रीन कम्लाइमेट फण्डको साझेदारीमा करिब एक सय मिलियन अमेरिकी डलर बराबरको अनुदान तथा सहुलीयत ऋण सहायतामा परियोजना सञ्चालन गर्न सम्भाव्य अध्ययनको कार्य याथशक्य छिटो सुरु गर्न दुवै पक्ष सहमत भएका छन् । परियोजनाको पहिलो चरणमा करिब ४० मिलियन अमेरिकी डलर खर्च हुनेछ ।

परियोजना सञ्चालनका लागि आवश्यक समन्वय तथा स्थानीय व्यवस्थापनको कार्य पोखरा महानगरपालिकाले गर्ने नगर प्रमुख आचार्यले बताए ।

यस परियोजनाले पोखराको सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउनुका साथै वातावरण तथा पर्यावरणको संरक्षणमा समेत महत्त्वपूर्ण योगदान गर्ने उनले विश्वास व्यक्त गरे ।

Copyright © 2024 | All rights reserved.