0
प्रतिक्रिया
पोखरा । अखिल नेपाल किसान महासंघ पोखरा महानगरपालिका वडा नं ५ को अध्यक्षमा वसन्तप्रसाद श्रेष्ठ चयन भएका छन् । महासंघको हालै सम्पन्न भेलाले श्रेष्ठलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
महासंघको उपाध्यक्षमा गंगा कोइराला, सचिवमा सीता बराल, उपसचिवमा दीननाथ बराल र चूडामणि आचार्य छन् ।
यसैगरी कार्यसमिति सदस्यमा रामचन्द्र बराल, भोजराज पोखरेल, रमेश नेपाली, बलराम नेपाली, सरस्वती घिमिरे, सन्तोषी नेपाली, बुद्धि श्रेष्ठ र कोपिला कुमाल छन् ।
भेला उद्घाटन गर्दै नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य एवं पोखरा महानगर कमिटी ईन्चार्ज दिलिप विक्रम शाहीले नेपाल किसान महासंघ सबै श्रमजीवि नेपाली किसानको हकहित र अधिकारका लागि एक संगठित आवाज उठाउने नेतृत्वदायी संगठन भएको बताए ।
यस कार्यका लागि महासंघ आफ्नो स्थापनाकालदेखि नै संघर्षरत रहेको उनले स्पष्ट पारे । महासंघ नेपाली किसानको प्रतिनिधित्व गर्ने विभिन्न २२ वटा विषयगत उत्पादन, सामुदायिक र वर्गीय किसान संघकोे साझा छाता संगठन भएको शाहीको भनाइ थियो ।
नेकपा एमाले पोखरा-५ द्वारा आयोजित भेलामा अध्यक्ष लक्ष्मण बरालले पोखरा-५ केही वर्ष अघिसम्म कृषियोग्य क्षेत्रका रुपमा परिचित भए पनि अहिले कृषियोग्य भूमि मासिँदै गएको भन्दै चिन्ता व्यक्त गरे ।
कृषियोग्य जमिनको उचित र वैज्ञानिक प्रयोग कसरी गर्ने र त्यसबाट कृषकको जीवनस्तर कसरी माथि उठाउने भन्ने विषय गौण र सोचनीय विषय रहेको उनले उल्लेख गरे ।
पोखरा ५ मा उत्पादित तरकारीले उचित बजार र मूल्य नपाउनु बिडम्बना भएको भन्दै यसतर्फ स्थाानीय सरकारले ध्यान दिनुपर्ने स्पष्ट पारे ।
कार्यक्रममा वडाका जनप्रतिनिधि, अखिल नेपाल किसान महासंघ कास्की जिल्ला कमिटी अध्यक्ष देवेन्द्रराज शर्मा, महानगर कमिटी अध्यक्ष झलक बराललगायत सहभागी थिए ।
Copyright © 2024 | All rights reserved.