0
प्रतिक्रिया
पोखरा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
तराईका केही भूभागमा हुस्सु तथा कुहिरो लागेको अवस्था रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ ।
आज गण्डकी प्रदेशको हिमाली भूभागमा हल्का हिमपातको सभावना छ । साथै आज दिउँसो र राति कोशी, बागमती, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने सम्भावना छ । अन्यत्रको मौसम सामान्यतया सफा रहनेछ ।
गण्डकी प्रदेशको राजधानी पोखरामा आज मौसम सफा रहने र बादलसमेत नलाग्ने बताइन्छ । आज बिहान ७ः०० बजेको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस रहेको छ ।
दिउँसो बढेर २३ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान छ । पोखराको सापेक्षित आद्रता ९५ प्रतिशत छ भने वर्षाको सम्भावना एक प्रतिशत रहेको बताइन्छ ।
बिहानीपख तराईका भूभागहरूमा हुस्सु तथा कुहिरो लाग्ने भएकोले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने महाशाखाले बुलेटिनको मौसमी सारांशमा उल्लेख गरेको छ ।
Copyright © 2024 | All rights reserved.