बैशाख ०४, २०८२, बिहीबार

करेन्ट लागेर एक युवकको मृत्यु


Advertisement Image
clock icon 2 months, 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

नवलपुर । नवलपुरको गैँडाकोटमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा जाजरकोटको भेरी नगरपालिका घर भई सीमा कन्स्ट्रक्सनमा कार्यरत ३३ वर्षीय आर्यनसिंह ठकुरी छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गैंडाकोट नगरपालिका वडा नं. ५ कालिकाचोकमा बिहीबार साँझ पुरानो पोलबाट नयाँ पोलमा तार सार्ने क्रममा उनलाई करेन्टले झड्का दिएको थियो । उनको विजुलीको पोलमै मृत्यु भएको थियो ।

स्थानीयले विद्युत प्राधिकरणकै गम्भीर लापर्वाहीका कारण घटना भएको दावी गरेका छन् । 

ठकुरीको शवलाई आवश्यक प्रक्रिया पूरा गरेर पोस्टमार्टमका लागि पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

Copyright © 2024 | All rights reserved.