0
प्रतिक्रिया
रोल्पा । रोल्पामा शुक्रबार साँझ बोलेरो जीप दुर्घटना हुँदा एक शिक्षिकाको घटनास्थलमै ज्यान गएको छ ।
मृत्यु हुनेमा रोल्पाको गंगादेव गाउँपालिका वडा नं २ घोरनेटाकी २९ वर्षीय सीता खड्का छन् ।
सीतारुन्टीगढी गाउँपालिकास्थित एक स्कुलकी प्रावि तहकी स्थायी शिक्षिका भएको बताइएको छ ।
सोही दुर्घटनामा सीताकै दुई छोरा तीन वर्षीय सौरभ वली र १८ महिनाका सुप्रिम वली गम्भीर घाइते छन् ।
जिल्ला प्रहरी कार्यालय प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) भरत लामाका अनुसार दुबै बालकको अहिले दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
शुरुमा उनीहरुलाई स्थानीय गैरीगाउँ स्वास्थ्य चौकी तिलामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल रेउघा पठाइएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि दाङ ल्याइएको हो ।
दाङको घोराही आउँँदै गरेको लु१च ९४०६ नम्बरको बोलेरो जीप रुकुमको त्रिवेणी गाउँपालिका वडा नं ७ गाङमा दुर्घटनामा परेको हो । जीप सडकबाट करिब ५० मिटर तल खसेको छ ।
दुर्घटनाको करण खुल्न नसकेको, दुर्घटना लगतै चालक र सहचालक फरार भएकाले उनीहरुको खोजी भइरहेको डीएसपी लामाले जानकारी दिए ।
Copyright © 2024 | All rights reserved.