बैशाख ०४, २०८२, बिहीबार

ठगी आरोपमा तीन जना पक्राउ


Advertisement Image
clock icon 2 months, 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । जिल्ला प्रहरी कर्यालय कास्कीले ठगी आरोपमा तीन जनालाई पक्राउ परेको छ ।

पक्राउ पर्नेमा पर्वत फलेवास नगरपालिका वडा नं.५ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं १७ छोरेपाटन बस्ने ३१ वर्षीया ईन्दिरा विक, ३६ वर्षीय राजन विक र खोटाङ हलेसी नगरपालिका वडा नं.१ की २७ वर्षीया जुनु भन्ने लक्ष्मी राई छन् ।

उनीहरुलाई पोखराको लेकसाइडबाट पक्राउ गरिएको कास्की प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक अविनाशदीप जिसीले जानकारी दिए ।

प्रहरी निरीक्षक जिसीका अनुसार उनीहरुले पाँच करोड पर्ने बहुमूल्य ढुङ्गा दिन्छु भनी विभिन्न प्रलोभन देखाई पटक-पटक गरी १३ लाख ५० हजार रुपैयाँ ठगी गरेका थिए ।

पीडितले जाहेरी दिएपछि सोही जाहेरीका आधारमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडाप्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट सेतो रंगको पारदर्शी ढुङ्गा छ थान र रातो रङको ढुङ्गा एक थान, विभिन्न बैंकका ३१ लाख रुपैया बराबरका चेक चार थान र मोवाईल चार थान बरामद भएको प्रहरीले जनाएको छ ।

Copyright © 2024 | All rights reserved.