बैशाख ०४, २०८२, बिहीबार

गीतकार हरिहर खनिया सम्मानित


Advertisement Image
clock icon 2 months, 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले नाट्यसम्राट बालकृष्ण सम जयन्ती विविध कार्यक्रमका साथ मनाएको छ । जयन्तीका अवसरमा समाजले गीतकार हरिहर खनियालाई इन्द्र-हुमा वाङ्मय सम्मान अर्पण गरेको छ ।

वरिष्ठ साहित्यकार चन्द्रप्रकाश बानिया, डा नारायणप्रसाद अधिकारी, कोष संस्थापक सीता जिसी र पूर्वसम्मानित प्रतिभा डा पुष्पा केसी भण्डारीले उक्त सम्मान अर्पण गरेकी हुन् ।

वरिष्ठ साहित्यकार बानियाले पूर्वीय र पाश्चात्य साहित्यको महत्वपूर्ण सम्पत्तिका रूपमा नाट्यसम्राट समका सिर्जना रहेका बताए ।

गण्डकी प्रज्ञा-प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले सबै स्रष्टालाई माया गर्ने समाजसेवी व्यक्तित्वका रूपमा रहेका खनियालाई संस्थाले सम्मान गरेर संस्था आफैँ सम्मानित भएको बताए ।

प्राडा यमबहादुर पौडेल क्षत्रीले समका हरेक सिर्जनामाथि विमर्श आवश्यक रहेको धारणा राखे ।

उनले सम बहुआयामिक र कालजयी प्रतिभाका रूपमा रहनुभएकाले उहाँको योगदानको चर्चा जति हुनुपर्ने त्यति हुन नसकेकामा चिन्ता व्यक्त गरे ।

डा नारायणप्रसाद अधिकारीले साहित्य सिर्जनाको भाषा र सङ्गीत विश्वले बुझ्ने भाषा भएकाले साहित्य र सङ्गीतले युगको प्रतिनिधित्व गर्ने बताए ।

सिर्जनाबाटै जीवनदर्शन अनुभूत गर्न सकिने बहुमुखी प्रतिभाका धनी नेपालका अविस्मरणीय महान् स्रष्टा सम रहनुभएको उनको भनाइ छ ।

कार्यक्रममा पूर्वसम्मानित प्रतिभा डा भण्डारी, गण्डकी प्रज्ञा-प्रतिष्ठानका परिषद् सदस्य कृष्णप्रसाद पौडेल, सम्मानित प्रतिभा गीतकार खनिया, इन्द्र-हुमा वाङ्मय कोषका संस्थापक सविन जिसी, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीका अध्यक्ष देवेन्द्र केसी, पुतलीबजार प्रज्ञा-प्रतिष्ठानका उपकुलपति दुर्गाबहादुर शाह बाबा, साहित्यकार असफल गौतमलगायतले बोलेका थिए ।

Copyright © 2024 | All rights reserved.