बैशाख ०४, २०८२, बिहीबार

बस दुर्घटनामा २५ यात्रु घाइते


Advertisement Image
clock icon 2 months, 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । चितवनबाट मुग्लिनतर्फ आउँदै गरेको बस आज बिहान करिब ४ः३० बजे सेतीदोभान पुलबाट खोलामा खसेको छ ।

टायर पञ्चर भई अनियन्त्रित भएको लुप्र ०३-००१ ख ००७७ नम्बरको बस खोलामा खस्दा २५ यात्रु घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार बसमा ३० यात्रु रहेको पाइएको छ ।

घाइते सबैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको चितवन प्रहरीका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए ।

दुर्घटनामा परेका पाँच जना यात्रु सकुशल छन् ।

घाइतेमध्ये १० महिला र १५ पुरुष छन्, जसमा दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

Copyright © 2024 | All rights reserved.