बैशाख ०४, २०८२, बिहीबार

विजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु


Advertisement Image
clock icon 2 months, 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरामा गएराति मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको ज्यान गएको छ ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं २४ कास्कीकोट काफलगैरीका २१ वर्षीय सफल रानाभाट र पाेखरा-८ सिमलचौरका २१ वर्षीय सुजल अधिकारी छन् ।

अधिकरी र रानाभाट सवार ग१३प ६७१९ नम्बरको डुक मोटरसाइकल पोखरा महानगरपालिका वडा नं ६ बैदामस्थित बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको बताइएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2024 | All rights reserved.