0
प्रतिक्रिया
पोखरा । आज सुनको मूल्य बढेको छ । नेपाली बजारमा आज सुन तोलामा एक सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६८ हजार दुई रुपैयाँमा कारोबार भइरहेको छ ।
गत शुक्रबार सुन प्रतितोला एक लाख ६८ हजार एक सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
उता चाँदीको मूल्यमा भने २५ रुपैयाँ घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार नौ सय ६० रुपैयाँमा आज खरिद बिक्री भइरहेको छ ।
गत शुक्रबार चाँदी प्रतितोला एक हजार नौ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।
Copyright © 2024 | All rights reserved.