बैशाख ०४, २०८२, बिहीबार

धर्मका नाउँमा धम्की सैह्य नहुने वडाध्यक्ष थापाकाे चेतावनी


Advertisement Image
clock icon 2 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका वडा नं २६ का वडाध्यक्ष नरेन्द्र थापाले धर्मका नाउँमा धम्की सैह्य नहुने चेतावनी दिएका छन् । सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै वडाध्यक्ष थापाले यस्तो चेतावनी दिएका हुन् ।

पोखरामा कोटीहोमका बिषयका सम्बन्धमा धर्मगुरु विजय कृष्णमूर्तीको उत्तेजक अभिव्यक्ति दिएपछि वडाध्यक्ष बरालले धार्मिक र वैज्ञानिक हिसाबले महत्व बोकेका रुखरुलाई पोखरामा महायज्ञ सञ्चालन गर्ने नाममा ठुटो बनाइएकोमा हिन्दूधर्मका अनुयायीको गम्भीर ध्यानाकर्षणको बिषय उल्लेख गरे ।

वडाध्यक्ष थापाले स्टाटसमा लेखेका छन्, ‘पूण्य प्राप्तिका लागि रोपिने वरपीपल र स्वामीका बोटको बध गरेर तिमीहरुले धर्ममाथि अपराध गरेका छौँ, यो धर्मका हिसाबले पनि कही सैहृय छैन्, आउ धर्म रक्षाका लागि खुल्ला बहस गरौँ, हामी तयार छौँ, तर स्थानीय सरकारलाई धम्की दिने कार्य रोक, तिम्रो धम्कीको राज अन्त चल्ला तर पोखरामा चल्दैन, यो कश्यप ऋषिको तपोभूमि हो, यहाँ ज्ञानका कुरा हुन्छ, धम्की र हिंसाका कुरा सैहृय छैन ।’

वडाध्यक्ष थापाकाे स्टाटस

हिन्दू धर्मशास्त्र र पूर्विय सभ्यतामा बर, पीपल र समीका बोटलाई त्रिदेवको रुपमा व्याख्या गरिएको पाइन्छ । बरलाई शिव, पीपललाई विष्णु र समीलाई ब्रह्मा भनेर धर्मशास्त्रमा उल्लेख गरिएको छ । त्रिदेवको रुपमा रहेका चराचर जगतलाई अक्सिजन दिने रुख मध्ये बर, पीपल र समीको छुट्टै महत्वपूर्ण भूमिका हुन्छ । वैज्ञानिकका अनुसार पीपल एकमात्र यस्तो वृक्ष हो, जसले २४ सै घण्टा अक्सिजन छोड्छ । त्यसैले पीपलको नजिक जाँदा रोग निको हुन्छ र शरीर स्वस्थ रहन्छ भनिन्छ । आयुर्वेद विज्ञानमा औषधिको रुपमा प्रयोग गर्ने यी रुखलाई विष्णु भगवानको अवतारको रुपमा पुजा पनि गरिन्छ ।

धार्मिक र वैज्ञानिक हिसाबले महत्व बोकेका बोटलाई पोखरामा महायज्ञ सञ्चालन गर्ने नाममा ठुटो बनाइएकोमा हामी हिन्दू धर्मका अनुयायीको गम्भीर ध्यानाकर्षणको बिषय हो । त्रिदेवलाई नै काटेर कस्तो धर्मको रक्षा गर्न खोजिएको हो ? धर्म प्राकृतिक सम्पदाको रक्षाका लागि हुनु पर्ने हो तर पछिल्लो समय व्यापार र अशुलीको माध्यम बनाईएको छ ।

धर्म रक्षाका नाउँमा अधर्मी हुन तयार छु भन्ने कथित व्यक्तिबाट सिंगो महानगरलाई धम्की दिने कार्यलाई सैहृय मान्न सकिँदैन । धर्मकै विनाश गरेर धर्मको रक्षा कसरी हुन्छ ? गेरु बस्त्र धारण गर्दैमा धार्मिक र सर्वज्ञान प्राप्त व्यक्ति भइँदैन । सुन्दर नगरी पोखरामा धर्मको नाउँमा धार्मिक अराजकता मच्चाउने कुरा कदापि स्वीकार्य पनि हुँदैन ।

महायज्ञ गर्न दिने नदिने भन्दा पनि यहाँको धार्मिक वातावरण खल्वल्याउने गरी कोही कसैलाई छुट छैन । कोटीहोमको मूल्य मान्यतालाई बिर्सिएर यसरी अराजकता प्रदर्शन गर्न धर्मका नाउँमा सुहाउने कुरा पनि हैन ।

यो स्थानीय सरकार हो । स्थानीय सरकारले धर्म, कलासंस्कृति, धार्मिक सम्पदा, मठ मन्दिर, चौतारा, ठाँटी पौवा, ताल, पोखरी कसरी संरक्षण गर्न पर्दछ भन्ने बिषय कसैले सिकाइरहनु पर्दैन । हामी एक सय बर्ष भन्दा पुराना र ऐतिहासिक रुख संरक्षणका लागि बजेट विनियोजन गरेर काम गरिरहेका छौँ । हामीले नै संरक्षण गरेका चौतारालाई ठुटो हुने गरी कटान गरिरहँदा र अझ धम्कीपूर्ण भाषा प्रयोग गर्ने धार्मिक व्यक्ति हुँ भन्नेलाई सुहाउँदैन ।

पुण्य प्राप्तिका लागि रोपिने बरपीपल र स्वामीका बोटको बध गरेर तिमीहरुले धर्ममाथि अपराध गरेका छौं । यो धर्मका हिसाबले पनि कही सैहृय छैन् । आउ धर्म रक्षाका लागि खुला बहस गरौँ, हामी तयार छौँ । तर स्थानीय सरकारलाई धम्की दिने कार्य रोक, तिम्रो धम्कीको राज अन्त चल्ला तर पोखरामा चल्दैन । यो कश्यप ऋषिको तपोभूमि हो, यहाँ ज्ञानका कुरा हुन्छ, धम्की र हिंसाका कुरा सैहृय छैन ।


नरेन्द्र थापा (नरेन)
वडाध्यक्ष, पोखरा महानगरपालिका वडा नं २६

Copyright © 2024 | All rights reserved.