बैशाख ०४, २०८२, बिहीबार

रोटरी क्लब अफ पोखरा अन्नपूर्णमा श्रेष्ठ


Advertisement Image
clock icon 2 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । रोटरी क्लब अफ पोखरा अन्नपूर्णको अध्यक्षमा सइन्द्रराज श्रेष्ठ निर्वाचित भएका छन् । संस्थाको हालै सम्पन्न अधिवेशनले रोटरी वर्ष २०२५/२६ का लागि श्रेष्ठलाई सर्वसम्मत अध्यक्षतमा निर्वाचित गरेको हो ।

क्लबको निवर्तमान अध्यक्षमा भानुभक्त भण्डारी, २०२६/२७ का लागि मनोनित अध्यक्षमा सरोजनारायण बराल, उपाध्यक्षमा निकेशप्रसाद कर्माचार्य, सचिवमा प्रेमबहादुर भुजेल, कोषाध्यक्षमा माधबी पाण्डे, सहसचिवमा पवित्रा थापामगर छन् ।

क्लब एसजीटीमा सुरेशकुमार ध्वजु, क्लब लर्निङ फ्यासिलेटरमा डिल्लीप्रसाद शर्मा, क्लब सम्पादकमा रीना पौडेल र निर्देशकमा विकासकुमार श्रेष्ठ, चित्रबहादुर गुरुङ, सन्तोष भण्डारी, प्रीति पाण्डे, बबीन नेपाली चयन भएको निर्वाचन संयोजक तोयबहादुर भट्टराईले बताए ।

यस्तै क्लब प्रशासन संयोजकमा ईश्वरप्रसाद कर्माचार्य, क्लब सर्भिस संयोजकमा तोयबहादुर भट्टराई, क्लब पब्लिक इमेज संयोजकमा लक्की कार्की क्षेत्री, रोटरी फाउण्डेसन संयोजकमा रामप्रसाद वस्ताकोटी र युवा सेवा संयोजकमा युवराज लामिछाने छन् ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले समाज केन्द्रित परियोजना सञ्चालन गर्ने प्रतिवद्धता जनाए ।

Copyright © 2024 | All rights reserved.