बैशाख ०४, २०८२, बिहीबार

आज रेडियो दिवस मनाईंदै


Advertisement Image
clock icon 2 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा । आज विभिन्न कार्यक्रम गरी विश्व रेडियो दिवस मनाईंदैछ । संयुक्त राष्ट्रसंघको आहृवानमा सन् २०१२ बाट विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो ।

स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।

नेपालमा बिक्रम सम्बत २००३ सालमा काठमाडौंमा रेडियोको प्रशारण सुरु भएपनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको हो ।

विश्वमा भने व्यवसायिक रेडियो प्रशारण सुरु भएको ९५ वर्ष भएको छ । नेपालजस्तो साक्षरता तथा शिक्षाको पहुँच कम भएको देशमा रेडियो प्रभावकारी माध्यमका रुपमा रहने गरेका छन् ।

Copyright © 2024 | All rights reserved.