0
प्रतिक्रिया
पोखरा । हिमालय एयरलाइन्सले पोखरा-लासा उडान गर्ने भएकाे छ ।
आगामी मार्चदेखि साप्ताहिक रुपमा उडान सुरु हुने कम्पनीले जनाएकाे छ । हिमालय एयरलाइन्ससँग उड्न तयार हुन र अपडेटका लागि प्रतीक्षा गर्न कम्पनीले आग्रह गरेको छ ।
पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले पोखराबाट ल्हासाका लागि पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान सञ्चालन हुनु अन्तर्राष्ट्रिय उडानको क्षेत्रमा ऐतिहासिक उपलब्धि रहेको बताएका छन् ।
यस अवसरलाई पर्यटन प्रवर्द्धनका लागि सदुपयोग गर्न पर्यटन व्यवसायी, सरोकारवाला तथा सम्पूर्ण पोखरेलीलाई उनले आग्रह गरे । अब उत्तरी छिमेकमा औपचारिक उडान सुरु भएको र दक्षिणतर्फ आवश्यक पहल गर्न उनले आग्रह गरेका छन् ।
Copyright © 2024 | All rights reserved.